डोटीमा नदीमा बगेर एक युवकको मृत्यु

डोटीमा नदीमा बगेर एक युवकको मृत्यु

डोटी। डोटीमा सेती नदीमा डुबेर एक जनाको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–२ को पक्की पुल नजिक हिजो दिउँसो नुहाउने क्रममा ३७ वर्षका तेजबहादुर खड्काको ज्यान गएको हो ।

नदीमा बगेका खड्काको शव झन्डै एक किलोमिटर तल घोल्तडामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।