बैतडीमा २ सय बढी घरधुरीलाई झुल वितरण

बैतडीमा २ सय बढी घरधुरीलाई झुल वितरण

बैतडी । बैतडीमा झुल वितरण गरिएको छ । जिल्लाको शिवनाथ गाउँपालिकामा लामखुट्टेबाट जोगाउन स्थानीयलाई झुल वितरण गरिएको हो ।

वडा नम्बर ५ मा औलो, मलेरिया रोगबाट बच्नका लागि झुल वितरण गरिएको वडा अध्यक्ष केशव चन्दले जानकारी दिए । वडाका  लामाखाली, बगजेबला, सिम, कुलाकोट, बकुन्ना, डाडाकोट, गुफाडी, भाटागडा, डोसेरा, छिणा, माटागाउँ टोलका  २ सय ५० घरधुरीलाई लामु खुट्टेबाट जोगाउन झुल वितरण गरिएका उनले बताए।

टोलहरु मलेरिया रोगको उच्च जोखिम देखिएकाले लामखुट्टेको टोकाईबाट बच्न झुल वितरण गरिएका हुन् ।