कतिपय संरचनाको पुनः संरचना गर्न अझै बाँकी छ : मन्त्री सिंह

कतिपय संरचनाको पुनः संरचना गर्न अझै बाँकी छ : मन्त्री सिंह

धनगढी । राज्यको शासकीय स्वरूप फेरिए पनि कतिपय संरचनाको पुनः संरचना गर्न अझै बाँकी रहेको आन्तरीक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहले बताए । 

सोमवार विज्ञापन बोर्डको आयोजनामा धनगढीमा संचालन भएको विज्ञान नियमन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै संचार क्षेत्रका शासकीय स्वरूप फेरिए पनि पुनसंरचना हुन अझै बाँकी रहेको बताएका हुन ।

प्रदेश र मोफसलका मिडियालाई उपलब्ध गराउने लोककल्याणकारी  विज्ञापनको नीति बनाई समानुपातिक विज्ञापनको अवधारणा ल्याउन सुदूरपश्चिम प्रदेश सरकार लागिरहेको मन्त्री सिंहले बताए ।

प्रदेशतहमा पनि लगानी बोर्डको संरचना बनाउने कुरामा छलफल गरी अगाडि बढ्नु पर्ने छ । प्रदेश र स्थानीय स्तरका मिडियाहरू विज्ञापन नपाएर बन्द हुने अवस्थालाई रोक्न प्रदेश सरकार नीतिगतरूपमा अगाडि बढेको बताए ।

भौतिकपूर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवा,नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल लगायत सम्पूर्ण सरोकारवाला निकायहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष रावलले भने सरकारले यहाँको मिडियाहरुलाई व्यावस्थापन र संरक्षण गर्नु प्रदेश सरकारले बिशेष भुमिका खेल्नु पर्ने बताएका छन ।