आफ्नै श्रीमानकाे कुटपिटबाट गम्भीर घाइते महिला वडासदस्यको निधन

आफ्नै श्रीमानकाे कुटपिटबाट गम्भीर घाइते महिला वडासदस्यको निधन

काठमाडौं । आफ्नै श्रीमानको कुटाईबाट सख्त घाइते भएकी काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी बिकको ज्यान गएको छ ।

यही जेठ २९ गते घरायसी विवादकाक्रममा ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका र गम्भीर घाइते भएकी ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

टाउकोमा रगत जमेको पाइएपछि उनको धुलिखेल अस्पतालमा परिक्षणको क्रममा शल्यक्रियासमेत गरिएको थियो ।

ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य विजयी भएकी थिइन् ।