भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

कैलाली । कैलालीमा भरुवा बन्दुक, बारुद, गोली सहित एक जना पक्राउ परेका छन्।

जिल्लाको कैलारी गाउँपालीका–८ पृथ्बिपुरका ५५ वर्षीय दयाराम चौधरीको घरमा खानतलासी गर्दा एक नाले बन्दुक दुई थान, बारुद ४ डिब्बा, गोली ३६ पिस, सिसा २४ पिस, केप ८ पिस, कम्पास १थान लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरी कार्यालय हसुलियाबाट खटिईएको प्रहरी टोलीले घरको खानतलासी गरि सामानहरुसहित चौधरीलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।