खुकुरी प्रहार गरि दाईको हत्या, भाइ पक्राउ

खुकुरी प्रहार गरि दाईको हत्या, भाइ पक्राउ

धनगढी। काठमाडौंमा खुकुरी प्रहार गरि दाईको हत्या गर्ने भाइ पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-२३ ओमबहालमा गए राति भएको घटनामा २५ वर्षीय सुरज शाक्यले आफ्नै ४५ वर्षीय दाई सूर्य शाक्यको हत्या गरेका हुन् । राति करिब १२ बजेतिर भएको घटनामा मादकपदार्थ सेवन गरेर आएका सूर्य र भाइ सुरजबीच झगडा परेको थियो । झगडाका क्रममा सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरि आफ्नै दाईको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा प्रहरीले बिहान मात्र खबर पाएको थियो । हत्या गरेर राति घरमै सुतेर बिहान फरार भएका सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।