युद्धले क्षतिग्रस्त बनेको पानीको बाँध फुट्दा १६ जनाको मृत्यु

युद्धले क्षतिग्रस्त बनेको पानीको बाँध फुट्दा १६ जनाको मृत्यु

काठमाण्डौ। युक्रेनमा हालै क्षतिग्रस्त बनेको पानीको बाँध फुटेर आएको बाढीमा १६ जनाकोे मृत्यु भएको छ ।

त्यसैगरी ३१ जना बेपत्ता भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार सो बाँध भत्केपछि दर्जनौ गाउँ डुबानमा पर्दा १३ सय घर पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

बाँध फुटेपछी आएको बाढीका कारण १४ लाख मानिसको ज्यान जोखिममा परेको छ । युक्रेनको खोकवका बाँध युक्रेन रुस युद्धकाबीच गत जुन ६ मा क्षतिग्रस्त भएको थियो ।

बाँध फुटेर जोखिममा परेका ३ हजार ६ सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीको प्रभाव युक्रेनको खेरसान, निप्रोपेत्रोस्क लगायत मिकोलेव शहरमा समेत परेको छ । युद्धको चपेटामा परेको युक्रेनी नागरिक बाढीले थप मारमा परेका छन् ।