बैतडीमा लडेर एक बालिकाको मृत्यु

बैतडीमा लडेर एक बालिकाको मृत्यु

बैतडी । बैतडीमा लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–१ को माणौ टोलकी ५ वर्षीया हेमन्ती धामीको लडेर मृत्यु भएको हो ।

सोमवार विद्यालयको छुट्टी भएर घर फर्किने बेला उनको लडेर मृत्यु भएको हो।

पञ्चोदय माविमा कक्षा १ मा अध्यनरत धामी विद्यालयबाट घर फर्कने क्रममा सोमवार ४ बजेतिर गडान भन्ने ठाउँमा लडेर मृत्यु भएको  विद्यालयका प्रधानाध्यापक मान सिंह धामीले जानकारी दिए।