कैलालीमा ट्याक्टरबाट खसेर घाइते भएका युवकको मृत्यु

कैलालीमा ट्याक्टरबाट खसेर घाइते भएका युवकको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–६ झलझलीयाको सडकमा घोडाघोडी नगरपालिका–३ का २७ वर्षीय युवक अर्जुन चौधरी मंगलवार ट्याक्टरबाट खसेर गम्भिर घाईते भएका थिए।

उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ना. ४ त ८७१५ नम्बरको ट्याक्टर र चालक २७ वर्षीय सुवास चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।