योगका २१ फाइदा, शरीर फिट राख्नेदेखि आयु बढाउनेसम्म

योगका  २१ फाइदा, शरीर फिट राख्नेदेखि आयु बढाउनेसम्म

प्राणायामले मानिसलाई निरोगी र लामो उमेरसम्म स्वास्थ्य रहन सहयोग पुर्याउँछ ।

आज विश्व योग दिवसको अवसर पारेर दिनहुँ योग गर्दा पाइने विभिन्न २१ फाइदाहरुका बारेमा चर्चा गर्दछौंः


१. निरन्तर प्राणायाम र योग गरिरहनाले शरीर लचिलोहुँदै फिट हुन्छ ।

२. हरेक समय ताजा र आफुलाई जवान महसुस गर्न थाल्नु हुन्छ ।

३. मेरुदण्ड सुदृढ हुन्छ, जसले गर्दा कोषिका र धमनीलाई आराम प्राप्त हुन्छ ।

४. शरीरका समस्त अंग–प्रत्यंगले सुचारु रुपले कार्य गर्न थाल्छन् ।

५. यदि तपाईँ कुनै पनि रोगको सामना गरिरहनु भएको छ भने ती समस्या कम हुन थाल्छन् ।

६. निरन्तर योग गर्नाले मनमा कहिले पनि उदासी, खिन्नता र क्रोध रहँदैन । मन सधैँ प्रसन्न रहन्छ । जीवनको कुनै पनि विपरीत परिस्थितिबाट हतास अथवा निराश हुनु पर्दैन ।

७. योगले सम्पूर्ण किसिमका मानसिक रोग समाप्त हुन्छ । जस्तै चिन्ता, छटपट, डिप्रेसन, शोक, शंकालु प्रवृत्ति, नकारात्मकता, द्वन्द अथवा भ्रम आदि ।

८. व्यक्तिको सोच विस्तृत हुँदै परिष्कृत हुन्छ । परिष्कृतको अर्थ सफा र स्पष्ट हुनु हो ।

९. व्यक्तिको बुद्धि तीक्ष्ण हुन्छ र उनको मानसिक बल पनि बढ्छ ।

१०. मानिस भावनामा बगेर कुरा गर्दैन । सोचेर बुझेर बोल्छ ।

११. योेगासन गर्नाले कार्यशीलता बढ्छ र उसले आफ्नो जीवनको लक्ष्य छिट्टै पूर्ण गर्नतिर केन्द्रित हुन्छ ।

१२. योग गर्नाले व्यक्तिको व्यक्तित्व र चरित्र परिवर्तन हुन्छ । आफ्नो भित्रबाट नकारात्मकता र नराम्रो बानी बाहिर निकालिदिन्छ ।

१३. व्यक्तिले अन्तर्मुखी र वहिर्मुखी दुबैबीच सन्तुलन स्थापित गर्न सिक्छ । योग गर्ने व्यक्तिको व्यक्तित्व अलग हुन्छ ।

१४. प्राणायामद्वारा प्राणवायु शरीरको अणुसम्म पुग्छ, जसले अनावश्यक एव हानिप्रद द्रव्य नष्ट हुन्छ ।

१५. प्राणायामले आनन्दसंग निद्रा लाग्छ ।

१६. प्राणायाम र ध्यानबाट मस्तिष्क सामान्य मानिसको तुलनामा बढी क्रियाशील र शक्तिशाली हुन्छ ।

१७. लगातार योग गर्नाले हरेक किसिमका नराम्रा बानीबाट मुक्ति प्राप्त हुन्छ ।

१८. योग गर्नाले शरीरको उर्जा जागृत हुनुका साथै हाम्रो मस्तिष्कको अन्तरिम भागमा लुकेको रहस्यमय शक्तिको उदय हुन्छ ।

१९. योग र ध्यान गर्नाले व्यक्तिले मृत्युमाथि समेत विजय प्राप्त गर्न सक्छ ।

२०. त्यस्ता धेरै योगी अथवा महायोगी छन्, जो सयौँ वर्ष जिवित रहेका छन् र उनीहरु आफूले चाहेको समयमा शरीर त्याग पनि गर्न सक्ने
क्षमता राख्छन् ।

२१. हामीले मृत्युमा विजय प्राप्त गर्न नसके पनि आफ्नो आयूलाई बढाउन त सक्छौं । त्यसैले आजैदेखि नै योग गर्ने बानी बसालौ ।