चीनमा भयानक विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु

चीनमा भयानक विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु

एजेन्सी । चीनको उत्तरपश्चिमी निङ्जिया शहरको एक रेस्टुरेन्टमा ग्यास विष्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको  छ ।

समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्युजलाई उद्धृत गर्दै यो विस्फोटको छानबिन गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङले आदेश दिएको जनाएको छ । 

विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी घाइते भएका सात जनाको उपचार भइरहेको छ । 

सुरक्षा सुधार गर्न वर्षौंको प्रयासको बाबजुद चीनमा ग्यास र रासायनिक विस्फोटका घटना घट्न सकेका छैनन् । यसअघि सन् २०१५ मा उत्तरी बन्दरगाह शहर तियानजिनमा भएको शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो ।