तिन महिने सिलाई कटाई तालिम सम्पन्न

तिन महिने सिलाई कटाई तालिम सम्पन्न

धनगढी । डोटीमा तिन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । 

जिल्लाका शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा रहेका महिलाहरुलाई २०७९ फागुन ७ गते देखि मानविय सेवामा अनेकौं प्रयास नामक संस्थाले  तालिम सञ्चालन गरेको थियो । 

जिल्लामा रहेका महिलाहरुलाई उधमी बनाउने उदेश्य  उक्त तालिम सञ्चालन गरेको संस्थाका अध्यक्ष भक्तराज जोशी बताए । उनले भने हामी र हाम्रो संस्थाको उदेश्य भनेको सबैलाई रोजगारी सिर्जना गर्नु हो । हामी यसैलाई आत्मसाथ गर्दै अगाडी बढेका छौं  । 

तालिम पश्चात उक्त महिलाहरुलाई मेसिन,बस्ने कुर्सि र सबैलाई एक नासको पोशाक पनि हस्तान्त्रण गरीएको छ । 
उक्त तालिममा दिपायल सिलगढी नगरपालिकाका २० जना र शिखर नगरपालिकाका १७ गरी ३७ जनालाई तालिम दिएको थियो । 

संस्थाले सिप मुलक तथा किसानहरुलाई कृषि उपकरणहरु बितरण गर्दै आएको छ । 

May be an image of 12 people, hospital and text

May be an image of 2 people, dais and text

May be an image of 13 people, hospital and text