निर्मला हत्या प्रकरण : आज पनि प्रदर्शन जारी

निर्मला हत्या प्रकरण : आज पनि प्रदर्शन जारी

धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या आरोपमा आरोपी सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन आज तेस्रो दिनपछि जारी छ । 

विहानैदेखि महेन्द्रनगरमा चौक–चौकमा विरोध र प्रदर्शन भईरहेका छन । बुधवारसम्म महेन्द्रनगरमा मात्रै केन्द्रित आन्दोलन विहिवार भने जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको छ । 

ठाउँ ठाउँमा टायर बाल्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीले निर्मलाको बलात्कारपछि हत्यामा सग्लन बास्तविक अपराधि पत्ता लगाउनुपर्ने र एसपीमाथि कारवाहीको माग गर्दै आईरहेका छन । 

ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन् । वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो । 

विहिवार पनि बजार बन्द छन भने यातायात र शिक्षण सस्था समेत सञ्चालन हुन सकेका छैनन । आन्दोलन दिनप्रतिदिन चर्कदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने कैलालीबाट पनि थप सुरक्षाकर्मी मगाईएको छ । 

गृहमन्त्रालको निर्देशनमा प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा एसएसपी बिक्रमबहादुर चन्द समेत पठाएको बताईएको छ । विहान ३ बजे महेन्द्रनगर पुगेका चन्दले घटनाबारे जानकारी लिईरहेका छन ।