दार्चुलाको एक मोबाइल पसलमा चोरी

दार्चुलाको एक मोबाइल पसलमा चोरी

दार्चुला : दार्चुला सदरमुकाम खलंगा बजारको एक मोबाइल पसलमा चोरी भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ स्थिति एनआइआइटी कम्प्युटर सेन्टर तथा मोबाइल ग्यालरीमा शुक्रबार राति चोरी भएको हो । मोबाइल ग्यालरीबाट ३६ हजार ५ सय नगद र १ लाख ६५ हजार बराबरका मोबाइल चोरी भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति ८ बजे पसल बन्द गरेर गएका पसल सञ्चालकले बिहान आउँदा हाइडोलिक ज्याकले सटर खोलेर चोरी गरेको प्रहरीलाई निवेदन गरेका छन् । करीब १ लाख ६५ हजार बराबरको स्यामसुङ कम्पनीका ब्राण्डेड सेट चोरी भएकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले बताए । 

पसलका संचालक प्रविन सिह ठगुन्नाले चोरले बढी मूल्य पर्ने ब्राण्डेड मोबाइल मात्र चोरेको बताए । विहान आउदा बाहिर बाट पसल बन्द अवस्थामा थियो तर भित्र खोलेर हेर्दा सिसी क्यामेरा जडित तारहरु काटेर पसलमा चोरी गरेको उहाले जनाए । शुक्रबार राती भएकोे सो चोरीको घटनामा चोरी गर्ने व्यक्तिको तस्वीर सिसी क्यामेरामा कैद भएको छ ।

चोरले ज्याकको सहायताले पसलको सटर खोली भित्र प्रवेश गर्ने वित्तिकै सिसी क्यामेरामा कैद भएको बताइएको छ । सिसी क्यामेरा फुटेजको रेकर्डमा कैद भएको चोरको तस्वीर परीचित व्यक्तिको रहेको समेत पसल संचालक ठगुन्नाले बताए । संचालकले दिएको निवेदनको आधारमा सो व्यक्तिलाई नियन्त्रणमा ल्याइने प्रहरीले जनाएको छ ।