सीरियामा रुसी हवाई आक्रमण, १३ जनाको मृत्यु

सीरियामा रुसी हवाई आक्रमण, १३ जनाको मृत्यु

काठमाडौं । रुसले उत्तर–पश्चिमी सीरियामा गरेको हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ। 

विद्रोहीको नियन्त्रणमा रहेको इदलिब प्रान्तमा भएको आक्रमणमा कम्तीमा ३० जना घाइते भएका छन्। सीरियाले रुसी आक्रमणलाई वर्षकै ठूलो नरसंहारको संज्ञा दिएको छ। 

बेलायतमा कार्यालय रहेको सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि यो आक्रमणलाई वर्षकै ठूलो र खतरनाक आक्रमण भएको बताएको छ। गत हप्ता सीरियाली विद्रोही समूहले रुसमा ड्रोन आक्रमण गरेको बताइएको थियो। 

त्यसैको बदलामा रुसले हवाई आक्रमण गरेको हो। आक्रमणमा ज्यान गुमाउनेहरु भने सबैजसो सर्वसाधारण व्यक्ति छन्। रुसी लडाकु जहाजले इदलिबका प्रमुख सहरमा सबैभन्दा बढी भिड्भाड भएका क्षेत्रमा पटकपटक मिसाइल खसालेको अधिकारीहरुले जनाएका छन्।