नेपाल लाईफका अभिकर्ताहरुको बदमासी, बीमितलाई थाहै नदिइ ‘पोलिसी लोन’ लिएर झ्वाम

नेपाल लाईफका अभिकर्ताहरुको बदमासी, बीमितलाई थाहै नदिइ ‘पोलिसी लोन’ लिएर झ्वाम

धनगढी । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले बीमितलाई थाहै नदिइ बीमालेख धितोमा राखेर कर्जा लिई फरार भएका छन् । कम्पनीको कैलाली साखा धनगढीबाट अभिकर्ता रक्षा महराले धनगढीकै बिमित हर्क बहादूर सिहंको बीमालेख धितोमा राखेर कर्जा लिएको पाइएको छ । ९० प्रतिशत कर्जा पाइने लोभमा करिब एक करोड बराबर फिक्स डिपोजिट राखेका सिहंको बिमालेखबाट इन्स्योरेन्सकी अभिकर्ता महरा आफैले कर्जा झिकेको पाइएको हो ।

पिडित सिहंले ५ बर्ष अघी फिक्स डिपोजिटमा राखेको रकमबाट कर्जा पाउन नसकेको बताए । ५ बर्षअघी नेपाल लाइफ इन्स्योरेन्सकी अभिकर्ता रक्षा महराले मलाई ९० प्रतिशत कर्जा पाइने लोभमा फिक्स डिपोजिट गर्न लगाउनुभयो सिहंले भने “अनी इन्स्योरेन्सले मलाई ओडीको चेकमा हस्ताक्षर गर्न लगायो, मलाई त्यो बारे थाहा नभएकाले हस्ताक्षर गरेर आए, तर कर्जा मिलेन, ४ महिनाअघी कर्जा बारे इन्स्योरेन्सको धनगढी साखामा बुझ्दा मेरो नामको कर्जा अभिकर्ता महराले लिइसकेको पाए, मैले लिनुपर्ने रकम साँवा ब्याज बराबर छ, म छक्क परे, मैले राखेको रकमबाट अर्कैले कर्जा लगेर मेरो रकम झ्वाम पारेको छ ।”

मेरो अनुपस्थितीमै कर्जा दिने इन्स्योरेन्स संगै अभिकर्ताले ठुलो बदमासी गरेका छन्, सिहंले भने “आफु कर्जा लिनलाई बिभिन्न आश्वासन दिएर मलाई महराले झुक्याउनुभयो, अब कि मैले त्यो श्रृण पाउनुपर्छ हैन भने मेरो रकम इन्स्योरेन्सले फिर्ता गर्नुपर्छ नत्र कानुनी लडाइमा जानेछौँ ।”

नेपाल लाइफ इन्स्योरेन्सबाट सिहं मात्रै होइन अन्य धेरै बिमित ठगिएका छन् , अभिकर्ताहरुले अधिकाशं बिमितको पुरानो फाइल बन्द गरेर इन्स्योरेन्सले दिएको लक्षमा पुग्न नयाँ फाइल खडा गर्ने गरेका छन् । यस्तै कैलालीको कैलारी गाउँपालिका ६ का धन बहादूर महतोकोपनि त्यही अवस्था आयो । अभिकर्ता रमेश चौधरीले महतोको ८ बर्ष पुरानो बिमा फाइल बन्द गरेर आफै नयाँ बिमा बनाइदिएका छन् । मेरो एक लाखको बिमा थियो ८ बर्ष पुगिसकेको छ महतोले भने “बार्षिक ९ हजारसम्म किस्ता पथ्र्यो केही बषृ किस्ता तिरेर बिविध कारण मैले किस्ता तिर्न पाएको थिएन, करिब एक बर्षअघी पुरानो किस्ता र ब्याज सहित तिर्न गएको त मेरो बिमानै छैन, ५०१०२७८१८ बिमालेख नम्बर भएको मेरो बिमा बन्द गराएर अभिकर्ता रमेश चौधरीले नयाँ बिमा खोलिदिनुभएछ ।” 

मेरो घरमा आएर तपाइको बिमा नविकरण गरिदिन्छु भनेर चौधरीले मेरो फाइल लग्नुभयो तर नविकरणको फाइल बन्द गरेर नयाँ बिमा बनाउनुभएछ उनले भने “न मेरो फाइल फिर्ता भयो न बिमा नविकरण तर मलाई झुक्याएर कमिसनको चक्करमा नयाँ बिमा बनाउनुभएछ अब बर्षको १८ हजार पर्ने गरी नयाँ बिमा तयार गर्नुभाछ यसरी झुक्याउन पाइदैन नी ।” ८ बर्ष पुरानो बिमालाई हटाएर नयाँ बिमा बनाउनु गैर कानुनी भएको बताउँदै पुरानै बिमा कायम हुनुपर्नेमा चौधरीले जोड दिएका छन् । 

यस्तै नेपाल लाइफ इन्स्योरेन्सकै अभिकर्ता नरेन्द्र प्रशाद जोशीलेपनि बिमितलाई ठगेर नयाँ फाइल खडा गरिदिएका छन् । कञ्चनपुरको सुक्लाफाँटा बनसमिति घर भएका जोशीले कञ्चनपुरको कृष्णपुर नगरपालिकाका रुप सिहं भाटको पुरानो बिमा फाइल बन्द गर्दै नयाँ बिमा गरेको पाइएको छ । ५ लाखको बिमा गरेका भाटलाइपनि थाहै नदिई अभिकर्ता जोशीले नयाँ फाइल खडा गरेको बताइएको छ । उनि मात्रै होइनन धनगढीकै सुर्य खड्का, नवराज जोशी लगायत थुप्रै बिमा गराएका ब्यक्तीहरु नेपाल लाइफ इन्स्योरेन्सबाट ठगिएका छन् । अभिकताृहरुले नविकरण भन्दै पुरानो फाइल लाने र कर्मचारीहरु सहित मिलेर नयाँ बिमाको फाइल खडा गरिदिदा बिमा गरेका ब्यक्तीहरु ठगिएका छन् । उनिहरुले नयाँ बिमा अनुसारको किस्ता तिर्नै नसकिने भन्दै अभिकताृहरुलाई कार्वाहीको माग समेत गरिरहेका छन् ।  

अभिकर्ताले देशभरी यति ठुलो गल्ती गर्दा पनि नेपाल लाइफ यस्ता अभिकर्ताहरु तथा कर्मचारीलाई संरक्षण गरेर बसिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्स धनगढी साखा प्रमुख गणेसराज अवस्थीले भने ग्राहकको कर्जा अभिकर्ताले लिन नपाउने बताए । अवस्थीले बिमकको अनुमती बिना आफै बिमा परिवर्तन गर्ने अधिकार अभिकर्तामापनि नभएको बताए । म धनगढी साखामा आएको दुई÷तिन महिना मात्रै भएको छ, यो बारे जानकारी भएन, बिमकलेपनि उजुरी गर्नुभाको छैन अवस्थीले भने “अहिलेनै सबै भन्न सकिने अवस्था छैन आज बिदा भयो कार्यालयमा गएर के हो त्यसको वास्तविकता अनी मात्रै भन्न मिल्छ ।”