धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु

धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु

धनगढी।   धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ बिशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको आज बिहान छतबाट खसेर घटनास्थलमै मुत्यु भएको हो । 

श्रीमान रमेश सार्कीसंगै घरको छतमाथि सुतीरहेकी उनको ३ बजे छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी खबरलाई बताए ।

“संगै सुतेका श्रीमानले खसेको थाहा पाएनन” कोठा भित्र रहेकी उनकी छोरीले सुरुमा थाहा पाइन त्यसपछि हामीले खबर पाएका हौ, प्रहरी निरीक्षक साउँदले भने । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।