डोटीमा एक बालकको डुबेर मृत्यु

डोटीमा एक बालकको डुबेर मृत्यु

डोटी । डोटीमा एक बालकको डुबेर मृत्यु भएको छ। शुक्रवार दिपायल सिलगढी नगरपालिका -५ गैरामा  ८ बर्षिया दीपेश मलासीको रिजर्भ ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

गाई गोरु चराउन गएका मलासी सम्पर्कमा नआएपछि खोजी गर्दा निर्माणाधीन  प्रादेशिक सरुवा रोग अस्पताल रिजर्भ पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले  जानकारी दिए ।

उनको बारेमा थप अनुसन्धान  भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।