बैतडीमा घाँस काट्दै गर्दा लडेर एक महिलाको मृत्यु

बैतडीमा घाँस काट्दै गर्दा लडेर एक महिलाको मृत्यु

बैतडी ।  बैतडीमा घाँस  काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।

शनिबार दिउँसो साढे ३ बजेतिर घाँस काट्ने क्रममा मादेव भिरबाट लडेर पाटन नगरपालिका २ ठलकुडाकी  ४० वर्षीया लक्ष्मी ऐरको मृत्यु भएको हो।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार ऐर लडेर  २५० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको  हो ।