एउटा ट्रकले चार वटा गाडीलाई ठक्कर दिँदा ९ जनाको ज्यान गयो

एउटा ट्रकले चार वटा गाडीलाई ठक्कर दिँदा ९ जनाको ज्यान गयो

महाराष्ट्र । भारतको महाराष्ट्रमा एउटा ट्रकले अरू गाडीलाई ठक्कर दिएर पसलमा गएर बजारिँदा नौ जनाको ज्यान गएको छ । यस घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका छन् ।

मध्य प्रदेशबाट धुलेतर्फ गइरहेको ट्रक मुम्बई–आगरा राजमार्गअन्तर्गत धुले जिल्लाको पालस गाउँमा ुब्रेक फेलु भएपछि अनियन्त्रित भएर पल्टिएको थियो । ट्रक दुई वटा मोटरसाइकल, एउटा कार र अर्को ट्रकलाई पछाडिबाट ठक्कर दिएर पसलमा बजारिएको थियो ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको र प्रहरीले दुर्घटनाको जाँच शुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।