विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ

विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ

धनगढी । भारतबाट नेपाल भित्रिँदै गरेको विस्फोटक पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ खोनपुरबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारतीय नागरिक सहित विस्फोटक पदार्थ बरामद पक्राउ गरेको हो । पक्राउ पर्नेमा लख्मिपुर खिरी चन्दन चौकी बस्ने ४२ वर्षका शिव गुप्ता रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले २९ किलो ५ सय ग्राम विस्फोटक पदार्थ सहित गुप्तालाई पक्राउ गरेको हो ।