प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। शुक्रवार बस्ने भनिएको बैठक सूचना टाँसेर आजका लागि सारिएको जनाइएको थियो। दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बिहान साढे ११ बजे बोलाइएको बैठकमा बिनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथि मन्त्रालययत रुपम छलफल हुने कार्यतालिका छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै अभिव्यक्ति दिएपछि नेकपा एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ। जसकारण संसद संचालन हुन सकेको छैन।

प्रधानमन्त्री प्रचण्डले आफूले बोलेको अभिव्यक्तिबारे जवाफ दिने बताए पनि एमालेले उनको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ। आज पनि त्यो क्रमले निरन्तरता पाउन सक्छ।