शिखर नगरपालिकाका बादी समुदायलाई व्यवसायीका लागि बंगुर वितरण

शिखर नगरपालिकाका बादी समुदायलाई व्यवसायीका लागि बंगुर वितरण

डोटी । डोटीमा बादी समुदायलाई बंगुर वितरण गरिएको छ ।  जिल्लाको शिखर नगरपालिकाका बादी समुदायलाई व्यवसायीका लागि बंगुर वितरण गरिएको हो  । 

शिखर नगरपालिका वडा नं २ मा रहेको बादी कृषि पशुपन्छी उत्थान समुहमा बंगुर वितरण गरिएको हो । बादी समुदायहरूलाई व्यवसायीक रूपमा अगाडि बढाउनका लागि शिखर नगरपालिकाको आर्थिक सहयोग तथा शिखर नगरपालिका पशुपन्छी विकास शाखाको समन्वयमा बंगुर वितरण गरिएको थियो । 

बादी समुदायका मानिसहरूको जग्गा जमिन नभएकोले उनीहरूलाई व्यवसायमा पहुँच पुर्‍याउने उदेश्यले बंगुर पालनमा सहयोग गरिएको शिखर नगरपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख जयप्रकाश मल्लले बताएए ।

बादी कृषि पशुपन्छी उत्थान समुहमा रहेका सोह्र जनालाई प्रति ब्यक्ति २ बंगुर गरेर ३२ वटा बंगुर दिएको मल्लले जानकारी दिए । न बस्ने घर छ नत कमाई खाने जग्गा नै साझँ विहानको छाक टार्न समेत गार्‍हो हुन्छ बादी समुदायका मानिसहरूलाई शिखर नगरपालिका २ का जुना दासले बताइन् । 

उनले नगरपालिकाले हाम्रो अवस्थालाई मध्य नजर गरि बंगुर दिएकोमा धेरै खुसी भएको दासले बताईन।बालबालिकाहरूलाई पालन पोषण समेत गर्न कठिन भएको थियो नगरपालिकाबाट बंगुर पालनका लागि पहिला पनि सहयोग गरेपछि घरखर्च चलाउनमा केही सहज भएको सोही ठाउँमा बस्ने बिमला दासले भनिन् । 

उनले थपिन बस्ने घर छैनन् रोडको छेउमा बस्ती छ चुहिने छानो छ कमाई खाने जमिन छैनन् नगरपालिकाले यो विषयमा पनि ध्यान दिएको भए अझै आभारी हुने दासले भनिन् ।