धानको मूल्य तोकियो

धानको मूल्य तोकियो

काठमाण्डौ । धानको समर्थन मूल्य तोकिएको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।

बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य तोकेको उनले बताए । सरकारले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोकेको हो ।

सरकारले आर्थिक वर्ष २०७९-८० का लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो ।