कैलालीमा एक महिलाको हेलिकप्टरमार्फत उद्धार

कैलालीमा एक महिलाको हेलिकप्टरमार्फत उद्धार

धनगढी । कैलालीमा एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

मोहन्याल गाउँपालिका पण्डौन स्वास्थ्य चौकी खिमडीमा सुत्केरी बेथा लागेर अवस्था जटिल भएकी मोहन्याल ४ ओखलढुङ्गा बस्ने वर्ष ३७ को  विमला मिजारको  नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहलाई सूचना प्राप्त भएपछि तत्काल उद्धारका लागि  नेपाली सेना, सिडिओ कार्यालय कैलाली र समन्वित निकायलाई  उद्धार र अस्पताल पुर्‍याउन निर्देशन दिएका हुन् ।