पेट्रोलियम पदार्थमा आजदेखि स्वचालित मूल्य लागू हुँदै

पेट्रोलियम पदार्थमा आजदेखि स्वचालित मूल्य लागू हुँदै

काठमाडौं। पेट्रोलियम पदार्थमा आज आइतबारदेखि स्वचालित मूल्य लागू हुँदैछ ।

नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरेको हो । अब भारतबाट घटबढ भएर आउनेवित्तिकै नेपालमा पनि मूल्य तलमाथि हुनेछ ।

निगमले अहिले हरेक १५ दिनमा एक अर्ब १० करोड रुपैया नाफा कमाउँदै आएको छ । स्वचालित मूल्य प्रणालीमा पनि निगमले ३ प्रतिशतसम्म नाफा राख्न पाउनेछ। स्वचालित मूल्य प्रणाली लागू हुँदा पनि उपभोक्ताले भने सस्तो मूल्यमा पेट्रोलियम पदार्थ पाउनेछैनन् ।

भारतबाट आएको मूल्यमा निगमले ढुवानी, प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम  र ३ प्रतिशतसम्म नाफा जोड्नेछ ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्यको लागि यसअघि २०७९ सालमै कार्यविधि बनिसकेको छ ।