साउने संक्रान्तिमा मेहन्दी लगाउनुको फाइदा

साउने संक्रान्तिमा मेहन्दी लगाउनुको फाइदा

काठमाडौं। साउन महिनाको शुरुवातसंगै चाडपर्वको पनि आगमन हुन थाल्छ । साउने संक्रान्तिकै दिन मिठो खाने, आफ्ना आफन्तसंग भेटघाट गर्ने तथा मेहेन्दी लगाउने चलन चलिआएको छ ।

मेहेन्दी सौन्दर्य सामाग्री अन्तर्गत पर्दछ, तर यसका विभिन्न स्वास्थ्य फाइदाहरु पनि छन् ।

मेहेन्दी सुन्दरताका लागि मात्र नभइ यसको प्रयोग विभिन्न स्वास्थ्य समस्यामा पनि गरिन्छ । के–के छन् त मेहेन्दीका फाइदाहरु ?

१.रगत सफा गर्नका लागि मेहेन्दीलाई औषधिको रुपमा प्रयोग गरिन्छ । यसका लागि राति सफा पानीमा मेहन्दी भिजाएर राख्ने र बिहान उठेपछि त्यसलाई छानेर पिउनु पर्छ ।

२.घुँडा अथवा जोर्नीको दुखाईको समस्या हुँदा मेहन्दी र क्यासटलको पातलाई समान मात्रामा पिसेर त्यसको मिश्रणलाई मन तातो बनाउनु पर्छ । अब यो लेपलाई घुँडामा लगाउनाले घुँडा दुख्ने समस्याबाट राहत प्राप्त हुन्छ ।

३.टाउको दुख्ने अथवा माइग्रेन जस्ता समस्याका लागि पनि मेहन्दी एउटा राम्रो उपाय हो । मेहन्दीलाई पिसेर टाउकोमा लगाउनाले टाउको दुख्ने र माइग्रेनको समस्यामा फाइदा पुग्छ ।

४.शरीरको कुनै पनि भागमा पोल्यो भने मेहन्दीको लेप लगाउनाले घाउ छिट्टै ठीक हुन्छ ।

५.मेहन्दीमा दही, अमलाको धुलो, मेथीको धुलो मिलाएर घोल तयार गर्नु पर्छ । यसलाई कपालमा लगाउने र एकदेखि दुई घण्टापछि सफा पानीले कपाल पखाल्नु पर्छ । यसो गर्नाले कपाल कालो,बाक्लो र चम्किलो हुन्छ ।

६.मेहेन्दीमा चिसो विशेषता भएकाले यसको उपयोग शरीरमा बढेको गर्मी कम गर्नका लागि गरिन्छ । हात र खुट्टामा मेहन्दी लगाउनाले शितलताको अनुभव हुन्छ ।

७.यसबाहेक मेहन्दीको ताजा पातलाई सफा पानीमा भिजाउनु पर्छ । रातभरी राखेपछि त्यसलाई बिहान छानेर पिउनु पर्छ । यसो गर्नाले शरीरमा उत्पन्न भएको गर्मी कम हुन्छ ।

८.तिव्र गर्मीमा राहत प्राप्त गर्नका लागि मेहन्दीको लेपले टाउकोमा शितलता प्रदान गर्छ ।

९.मेहन्दीमा एन्टीसेप्टिक गुण समावेश हुन्छ । यसले कपालको समस्या जस्तै रुखो, चिलाउने र कपाल झर्ने आदि समस्याबाट राहत प्राप्त हुन्छ ।

१०.मेहन्दीमा दही मिसाएर कपालमा लगाउनु पनि फाइदाजनक हुन्छ । यसको प्रयोग हप्तामा एक पटक गर्न सकिन्छ ।