कांग्रेस पदाधिकारी बैठक आज बस्दै

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुनेछ । आजको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।

सभापति देउवाले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।

देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने तयारी छ ।

गत असार २७ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन पछि स्थगित भएको सो बैठक भोलिका लागि बोलाइएको छ ।