छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना

छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना

धनगढी । धनगढीको जेसिज एभरेष्ट माध्यामिक बिध्यालका पूर्व बिद्यार्थी संघद्धारा अक्षयकोष स्थापना गरेको छ । 

बिपन्न बिद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न रू १५  लाखको अक्षयकोष स्थापना गरेको हो ।  ५ लाख बाट शुरूवात गरिएको अक्षयकोषलाई रू १५ लाख पुर्याइएको छ। 

अक्षयकोषको ब्याज बाट प्राप्त रकमले हाल आमाको माया छात्रवासका दुर्इ जनाबिद्यार्थीहरू जेसिज एभरेष्ट माध्यामिक बिध्यालयमा लक्ष्मण जैसी र सन्दिप जैसि कक्षा ६ मा अध्ययन गरिरहेका छन्  । उनिहरू कक्षा १देखि नै पूर्व बिद्यार्थी संघको पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका हुन् र कक्षा १२ मा  अध्ययनरत १२ जनालाइ आंशिक छात्रवृत्ति प्रदान गरिएको छ ।