कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गरिने

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गरिने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । 

पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ गर्ने जनाइएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए । 

अघिल्लो बैठक बसेको एक वर्षपछि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकका लागि १० वटा एजेन्डा तय भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।