बैतडीका निरज  धनगढीबाट बेपत्ता

बैतडीका निरज  धनगढीबाट बेपत्ता

धनगढी। बैतडीका एक किशोर  धनगढीबाट बेपत्ता भएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउ बस्ने अर्जुन मङ्गोलाका १५ वर्षिय छोरा निरज  धनगढीबाट बेपत्ता बेपत्ता भएका हुन् । उनि ४ दिनदेखि सम्पर्क  विहिन रहेको उनका आफन्तले बताएका छन् ।

धनगढी त्रिनगर फुपुको घरदेखि कञ्चनपुरको पुर्नवास भिमबस्ति मामाको घर जाँदै गरेका  निरज  असार ३० गते बाटोबाटै बेपत्ता भएका आफन्त इश्वरी साउदले जानकारी दिइन् । निरज हराए पछि प्रहरीलाई पनि खबर गरेका उनको  भनाई  छ ।  

कुलाउ घर भएका निरज कञ्चनपुर मामाको  घरमा बसेर पढाइ गरिरहेका  थिए । उनी कक्षा ९ मा अध्यानरत थिए । उचाई अन्दाजी ४ फिट ३ इन्च, गहुँगोरो वर्ण भएको  निरजलाई  भेटे नजिकको प्रहरी कार्यालय तथा ९८६८ ७८४५८४ नम्बरमा जानकारी गराइदिन बालकका आफन्तले अनुरोध गरेका छन्।