धनगढीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा मोटरसाइकल दुर्घटनामा हुँदा धनगढी उपमहानगरपालिका–१७ का २१ वर्षीय राजु चौधरीको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।