कैलालीमा एक बर्षमा एक लाखको अवैध सामान बरामद

कैलालीमा एक बर्षमा एक लाखको अवैध सामान बरामद

धनगढी । कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीले एक बर्षको अवधिमा १ लाखको अवैध सामान वरामद गरेको छ ।

इप्रका मालाखेतिले सार्वजनिक गरेको बार्षीक विवरण अनुसार एक बर्षमा १ लाख १ सय बराबरको अवैध सामान बरामद गरेको हो ।

जसमा बोइलर कुखरा, माछा, लेडिज सुट, मिठाइ, तामाको गाग्री रहेका छन । कुखुरा ३७ वटा, लेडिज सुट ८० पिस, माछा १५६ केजी, मिठाइ ३८ केजी र तामाको गाग्री ६ पिस बरावद गरिएको इप्रका मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन । उनले बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाइएको बताए ।