नदी कटान क्षेत्रमा वृक्षारोपण

नदी कटान क्षेत्रमा वृक्षारोपण

धनगढी । कैलाली जिल्लाका नदी कटान क्षेत्रमा वृक्षारोपण गर्न थालिएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले नदी कटान क्षेत्रमा वृक्षारोपण गर्न थालिएको छ ।

परियोजनाले घोडाघोडी नगरपालिका १ त्रिवेणि सामुदायिक बन र कैलारी गाउँपालिका ८ प्रतापुर रहेको बेलपाते सामुदायिक बनमा नदीले कटान हुने क्षेत्रमा वृक्षारोपण गर्न थालिएको छ ।

२ वटा सामुदायिक बनको कटान हुने क्षेत्रमा वृक्षारोपण गरी बनमा हुने क्षति रोक्ने, सामुदायिक बनको आर्थिक आम्दानी वृद्धि गर्ने उद्देश्य बिरुवा वृक्षारोपण गरीएको परियोजनाका अधिकृत प्रभु ढकालले जानकारी दिए । विभिन्न प्रजातिका गरी लगभग  ५३ हजार बिरुवा वृक्षारोपण गरीएको बताईएको छ ।