महिला फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

महिला फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले प्रायोजन गरेको छ । महिला फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० बीच आज मङ्गलवार सम्झौता भएको हो ।

सम्झौतापत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले हस्ताक्षर गर्नुभयो । युनिलिभरले एक वर्षका लागि महिला टोलीलाई प्रायोजन गर्ने र २५ लाख रुपैयाँ दिने एन्फाले जनाएको छ ।

यस प्रायोजनमार्फत सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवर्धन गर्न नजिकबाट काम गर्ने युनिलिभर नेपालले जनाएको छ । फुटबल टोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पुर्‍याउने एवम् आउँदो पुस्ताका महिला खेलाडीहरूलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पुर्‍याउने युनिलिभर नेपालले लक्ष्य लिएको छ ।

युनिलिभर नेपालले व्यक्तिगत हेरचाहका वस्तु उत्पादन गर्दै आएको छ ।