दाङमा विषालु च्याउ खाँदा २ जना बिरामी

दाङमा विषालु च्याउ खाँदा २ जना बिरामी

दाङ । दाङमा बिषालु च्याउ खाँदा एकै परिवारका २ जना बिरामी भएका छन् ।

मंगलबार बिहान जंगलबाट ल्याएको च्याउ खाँदा गढवा गाउँपालिका– ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी श्रीमती ७६ वर्षीया छुकनी चौधरी बिरामी परेका हुन् ।

मंगलबार बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि गढवा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।

उनीहरु दुवैको उपचार गढवा स्वास्थ्य चौकीमा भइरहेको गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिए ।