साथीलाई बचाउन खोज्दा नहरमा डुबेर कैलालीका एक युवकको मृत्यु

साथीलाई बचाउन खोज्दा नहरमा डुबेर कैलालीका एक युवकको मृत्यु

धनगढी । कैलालीको लम्की चुहा नगर पालिका  ६  मा रानीजमरा कुलरियाको पश्चिम नहरमा डुबेर एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धर्म सिंह चलाउनेका १७ वर्षिय छोरा योगेश रहेका छन् ।

मंगलबार दिउसो साथीसंगै रानी जमरा कुलरियामा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेको साथीलाई बचाउन जादा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  ।