कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन

कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन

धनगढी ।  कैलालीका नदीहरुमा जल स्तर बढेसँगै डल्फिन देखिन थालेका छन् । विश्वकै दुर्लभ मानिने डल्फिन यहाँ देखिन थालेका हुन् । 

जिल्लाको मोहना, पथरैया, काँडालगायतका नदीमा जल स्तर बढेसँगै  विश्वकै दुर्लभ डल्फिन देखिन थालेको संरक्षणकर्मी बताउँछन् । 

गत वर्ष जेठको ३० गतेबाट डल्फिन देखिन सुरु गरेको थियो भने यस वर्ष असारको दोस्रो साताबाट देखिन थालेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । गत वर्ष यस समयमा ठुला र साना गरी ४५ वटा डल्फिन देखिएको थियो । ‘यस वर्ष असार १६ गते पहिलो चरणमा ४ वटा डल्फिन देखा परेका थियो, उनले भने ‘आज पानीको बहाव बढेका हुँदा एकै पटक १२ वटा देखिएको छ अहिले पनि नदी छेउमै छौ ।,’ साना, ठुला र बच्चासहित डल्फिन खेलिरहेको उनले बताए । 

यहाँका नदीमा जेठ अन्तिम साता देखिनै डल्फिन देखिन थाल्छन् । तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले असार दोस्रो साता देखि कैलालीको नदीहरूमा डल्फिन देखिन थालेका हुन् ।

No description available.‘डल्फिन खेल्नका लागि अझै पनि नदीमा पानी पर्याप्त छैन’, उनले भने, ‘तर, अब नदीमा डल्फिनको सङ्ख्या थपिँदै जाने अपेक्षा गरेका छौँ ।’ मज्जाले नजिकैबाट डल्फिन देख्न पाइने उक्त दोभानहरू टीकापुर नगरपालिका–७ बैदीस्थित छ । 
मनसुनभरि नै यहाँको नदीमा डल्फिन देख्न सकिन्छ ।

कर्णाली नदीको रैथाने र भारतको घांघरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ । मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जल प्राणी हुन् । उनीहरुले मानिसलाई हानी पुु¥यउदैनन् । यहाँ विभिन्न देशबाट मानिसहरु पुग्ने गरेका छन् । विश्वका विभिन्न देशका मानिसहरु यहाँ डल्फिन हेर्न र अवलोकन गर्न पुुग्ने गरेको छन् ।

No description available.

विभिन्न विद्यालयका विद्यार्थी यहाँ अवलोकनका लागि पुग्ने गरेका छन् । पर्यटकको लागि यहाँ होमस्टेको आवश्यकता रहेको ढुङ्गाना बताउनुहुन्छ । यहाँ यसको संरक्षण र होमस्टेको मात्रै व्यवस्था गर्न सके यहाँ पर्यटक भित्रायाउन सकिने उनले बताए ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयुसीएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ । विश्वमै दुर्लभ यो जल प्राणी कैलालीको नदीहरूमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरू बताउँछन् ।

No description available.
फोटोहरुः भोजराज ढुङ्गाना