ज्यानसम्बन्धी कसुरका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

ज्यानसम्बन्धी कसुरका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

बुटवल । बुटवलमा ज्यानसम्बन्धी कसुरका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-८ का इन्द्रप्रसाद थारु छन् । 

उनले २०६१ भदौ २९ गते शान्तिपथमा लु १ त ५३०६ नम्बरको ट्र्याक्टरले स्थानीय विनोद भुसालको नाबालिका छोरीलाई ठक्कर दिएका थिए । घाइते नाबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनापछि थारु फरार भएका थिए ।

फरार प्रतिवादी थारुलाई बुधबार बुटवल उपमहानगरपालिका(१७ बाट पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।