दार्चुलाको एक पालिकालाई नगर शिक्षक व्यवस्थापन कार्यविधि पेश गर्न आदलतको आदेश

दार्चुलाको एक पालिकालाई नगर शिक्षक व्यवस्थापन कार्यविधि पेश गर्न आदलतको आदेश

दार्चुला । दार्चुलाको एक पालिकालाई अदालतले नगर शिक्षक व्यवस्थापन कार्यविधि पेश गर्न आदलतको आदेशदिएको छ । 

 जिल्ला अदालत दार्चुलाले नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० लाई अदालतमा पेश गर्न विपक्षी महाकाली नगरपालिका नगर कार्यपालिकाको नाममा आदेश जारी गरेको हो । 

असार ३१ गते भएको आदेश अनुसार आजको सुनुवाईमा नगरपालिकालाई नगर शिक्षक व्यवस्थापन कार्यविधि पेस गर्न जिल्ला न्यायाधीश खेमराज भट्टबाट आदेश भएको श्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

दार्चुला जिल्ला अदालतबाट विपक्षी महाकाली नगरपालिकाका नाममा असार ३१ गते नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परिक्षा विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी भएको थियो ।

निवेदक मालिकार्जुन गाउँपालिका–२ बस्ने सुन्दर सिंह धामी समेत ३ जनाको पक्षबाट अधिवक्ताद्धय धिरेन्द्र साउँद र हरिशचन्द्र जोशीले तथा विपक्षी महाकाली नगरपालिकाका पक्षबाट अधिवक्ता गगन सिंह धामी, कृष्ण सिंह महराले बहस गरेका थिए । नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० निर्माण भएको अवस्थामा नगरपालिकाका नाममा अल्पकालिन अन्तरिम आदेश जारी नहुनु पर्ने नगरपालिकाका पक्षका अधिवक्ताहरुले बहस गर्दा कार्यविधि पेश गर्न आदेश भएको उनले बताए।

विपक्षी नगरपालिकाले नगर शिक्षक कार्यविधि २०८० लाई पेश गरेपछि पुनः सुनुवाई हुने श्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो । अबको एक हप्तापछि पुनः सुनुवाई हुने बताइएको छ । यसअघिको स्थानिय सरकार महाकाली नगरपालिकाले सबै पक्रिया पुरा गरी भर्ना गरेका शिक्षकहरुको पुनः परिक्षा लिनु पर्ने कारण के हो रु लगायतका विषयहरु उल्लेख गरि असार २९ गते दार्चुला जिल्ला अदालतमा निवेदन परेको थियो ।

महाकाली नगरपालिकाले असार २४ गते आधारभूत तह ९कक्षा ६–८० र माध्यमिक तह ९कक्षा ९–१०० मा ३३ जना नगर शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । नगरपालिका स्थित सामुदायिक विद्यालयमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा ३३ जना नगर शिक्षक भर्ना गर्न उक्त विज्ञापन गरिएको हो । आधारभूत तहका ९ विद्यालयमा २१ जना र माध्यमिक तहका ७ विद्यालयमा १२ जना शिक्षक भर्ना गर्न विज्ञापन गरिएको थियो ।