सुन प्रकरणमा थप एक जना पक्राउ

सुन प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ । सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। 

राजश्व अनुसन्धान विभागको टोलीले थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजन श्रेष्ठ छन्। 

उनी एक कम्पनीका प्रोप्राइटर छन‍्। उनलाई विभागको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो। 

उनको पनि यस प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ गरेको स्रोतले बतायो। 

योसँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ। मं‌गलबार हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजबाट आएको ब्रेक शुमा राखेर सुन तस्करी गरेको खुलेको हो।