कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ का सन्तोष विष्ट रहेका छन्। विष्टलाई कञ्चनपुर जिल्ला अदालतले २०७८ चैत्र ३० गते लागुऔषध मुद्धामा ४ वर्ष ९ महिना १३ दिन कैद र  ५ हजार जरिवाना तोकेको थियो।

उनलाई बिहीबार सजाय भुक्तानका लागि जिल्ला अदालतले कारागार चलान गरेको प्रहरीले जनाएको छ।