अब भारतबाट नेपालमा चामल नभित्रिने

अब भारतबाट नेपालमा चामल नभित्रिने

काठमाडौँ । अब भारतबाट नेपालमा चामल नभित्रिने भएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाल पनि यसबाट प्रभावित हुने भएको हो ।

भारतले मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाएको छ । बिहीबार भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै चामल निर्यात नगर्ने बताएको हो । मनसुनका कारण धान उत्पादन कम भएका कारण खाद्यन्न अभाव हुनसक्ने भन्दै यस अवस्था सिर्जना हुनबाट रोक्न भारतले निर्यातमा रोक लगाएको हो ।

भारतबाट आएको चामलबाट नै नेपालको भान्सा निर्भर रहेको छ । भारतको यस निर्णयबाट नेपाल स्वतः प्रभावित हुने देखिन्छ ।