बिद्याभुषण पब्लिक स्कुलद्धारा बृक्षारोपण

बिद्याभुषण पब्लिक स्कुलद्धारा बृक्षारोपण

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित रहेको बिद्याभुषण पब्लिक स्कुल परिवारले बृक्षारोपण गरेको छ ।

शुक्रबार (आज) आफ्नो बार्षिक कार्यतालिका अनुसार बिद्यालय प्रशासन र बिद्यार्थीहरुको संयुक्त प्रयासमा बृक्षारोपण गरेको हाे ।

बृक्षारोपणमा बिद्यार्थी तथा शिक्षकहरुले ३१ ओटा असोकका बोटहरु र बरिब २ सय ओटा सयपत्री, सुर्यमुखी लगायतका फुल तथा बोटहरु रोपण गरेको बिद्यालय प्रशासनले जनाएको छ । 

यस्तै, बिद्यालयको कार्यतालिका अनुसार नै प्रकृतिक प्रकोप नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम समेत गरेको छ । १० कक्षामा अध्ययनरत बिद्यार्थीहरुले भुकम्प आउँदा अपनाउनुपर्ने सावधानी सम्बन्धि एक जनचेतनामुलक नाटक प्रस्तुत गरेका थिए भने अन्य कक्षाका बिद्यार्थीहरुले प्रकृतिक प्रकोपको सावधानीका बारेमा आफुहरुले तयार पारेको प्रस्तुती प्रस्तुत गरेका थिए ।