कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिम्री पुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिक–११ बेलाका ३३ वर्षीय राना ३ ग्राम लागुऔषधसहित पुनर्वासबाट पक्राउ परेका हुन्। बिहीबार दिउँसो लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतको खजुरियाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनी लागुऔषधसहित पक्राउ परेका हुन्।