कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार  सकिँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार  सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार सकिँदैछ।

बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पूर्वपदाधिकारीले धारणा राख्ने क्रम जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पदाधिकारीले धारणा राखिसकेपछि महामन्त्रीसहितले सम्बोधन गरेर सभापति शेरबहादुर देउवाले समापन गर्ने कार्यक्रम रहेको मुख्यसचिव पौडेलले बताए।

बैठकमा हालसम्म ११५ जना बोलिसकेका छन् । शुक्रबार केन्द्रीय सदस्यका साथै केही पूर्वपदाधिकारीले समेत बैठकमा धारणा रोखेका थिए। आइतबार ३० पदाधिकारीसहित अन्य बोल्न बाँकीले धारणा राख्ने पौडैलले जानकारी दिए।