सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

शुक्रवार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलामा एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको बिहीवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार घटेको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदीको भाउ शुक्रवार तोलामा एक हजार चार सय ८० रुपैयाँ थियो ।
आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदीको भाउ शुक्रवार तोलामा एक हजार चार सय ८० रुपैयाँ थियो ।