तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार

तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार

बुटवल । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । बुटवल मजुवास्थित तिनाउ नदीमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरुषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।