दार्चुला-टिंंकर सडक अवरुद्ध, ब्याँसमा उत्पादित आलु गाउँमा बड्नु बाहेक बिकल्प छैन

दार्चुला-टिंंकर सडक अवरुद्ध, ब्याँसमा उत्पादित आलु गाउँमा बड्नु बाहेक बिकल्प छैन

धनगढी । दार्चुला जिल्लाको बिकट क्षेत्रमा अवस्थित ब्याँस गाउँपालिकाका किसानहरु निकै मारमा परेका छन् ।

व्याँस गाउँपालिकालाई सदरमुकाम खलंगासम्म जोड्ने एकमात्र सडक दार्चुला–टिंकर सडक बन्द हुँदा किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन, खासगरी आलु खेतबारीमै कुहिन थालेपछि किसान मारमा परेका हुन् ।

वर्षातको समय सुरु भएसंगै दार्चुला–टिंकर सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि ढुवानी गर्न नसकिएर व्याँस गाउँपालिकाका विभिन्न वडाहरुका किसानले व्यक्तिगत तथा समूहमार्फत उत्पादन गरेका कृषि उपजहरु खेतबारीमै कुहिन थालेको कृषक अकबरसिह धामीले बताए ।

गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएका कृषि उत्पादनहरु खेतबारीमा कुहिन थालेपछि किसानहरु चिन्तित भएका छन् । सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषि उपजहरुको ढुवानीमा समेत सहयोग गर्नुपर्ने ब्याँसका कृषकहरुले बताएका छन् । 

जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले विभिन्न कलस्टरमा उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको व्याँस गाउँपालिका कृषि शाखाका प्रमुख विशेश्वर प्रसाद बडूले बताए ।
गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानहरुले उत्पादन गरेको ६ सय क्वीन्टल आलु खेतबारीमा कुहिन थालेको उनले बताए । ‘बाटोघाटो बन्द छ, ढुवानी गर्न नसकिदा किसानले उत्पादन गरेको कृषि उपज कुहिदा दुःख लाग्यो, कृषि शाखा प्रमुख बडूले भने ।’ १ सय क्विन्टल आलु खेतबाट निकालेको तथा ५ सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले जानकारी दिए ।

‘नेपाल कृषि प्रधान देश हो भन्छन् जहाँ सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याइएको हुन्छ, न सडक छ, न त कोल्ड स्टोर नै, व्याँसका किसानले उत्पादन गरेको कृषि उपज दिनप्रति दिन खेतबारीमै कुहिदै गएको छ, कृषक अकबर सिह धामीले भने ।’  सडक बन्द हुँदा किसानले उत्पादन गरेका कृषि उपज ढुवानी गर्न त पाएका छैनन्, कोल्ड स्टोर नहुँदा भण्डारण गर्न पनि पाएका छैनन् ।

सरकारले अन्य बिलासिताका वस्तुहरुमा ठुलो रकम खर्च गर्नु भन्दा कृषकका उत्पादन भण्डारण गर्न कोल्ड स्टोर जस्ता संरचनाहरुमा लगानी गर्न सके किसानलाई राहत हुने कृषक अगुवाहरु बताउँछन् । कृषि उत्पादनको बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषि उपज व्याँसमै कुहिन थालेको छ । दार्चुलादेखि टिंकरसम्म सडकको लम्बाई १ सय ४० कि.मीे छ ।

ब्याँस गाउँपालिकाद्धारा सधरमुकाम खलंगामा पत्रकार सम्मेलन

ब्याँस गाउँपालिकामा उत्पादन गरिएको आलु गाउँलेहरुलाई बितरण गर्नु बाहेकको अन्य कुनै बिकल्प नरहेको ब्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामीले बताए । 

मंगलबार (आज) जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिका अध्यक्ष धामीले दार्चुला—टिंंकर सडक ठाउँ ठाउँमा अवरुद्ध भएको र आफ्नो गाउँपालिकामा उत्पादन गरिएको आलु बजार सम्म ल्याउन सडक बाटो नभएका कारण गाउँलेहरुलाई आलु बितरण गर्नु बाहेक अन्य कुनै बिकल्प नरहेको बताएका हुन् ।

गाउँपालिका सँग कोल्ड स्टोर नभएको भन्दै अध्यक्ष धामीले आलु कुहिएर खेर जानु भन्दा गाउँले लाई बितरण गर्नु उपयुक्त रहेको वताए । व्याँस गाउँपालिकालाई सदरमुकाम खलंगासम्म जोड्ने एकमात्र सडक दार्चुला–टिंकर सडक बन्द हुँदा किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन खेतबारीमै कुहिन थालेको छ ।

वर्षातको समय सुरु भएसंगै दार्चुला–टिंकर सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि ढुवानी गर्न नसकिएर व्याँस गाउँपालिकाका विभिन्न वडाहरुका किसानले व्यक्तिगत तथा समूहमार्फत उत्पादन गरेका कृषि उपजहरु खेतबारीमै कुहिन थालेको जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अकवर सिह धामीले बताए ।

गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएका कृषि उत्पादनहरु खेतबारीमा कुहिन थालेपछि किसानहरु चिन्तित भएका छन् । सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषि उपजहरुको ढुवानीमा समेत सहयोग गर्नुपर्ने ब्याँसका कृषकहरुले बताएका छन् । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले विभिन्न कलस्टरमा उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको पत्रकार सम्मेलनमा व्याँस गाउँपालिका कृषि शाखाका प्रमुख विशेश्वर प्रसाद बडूले बताए ।

गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानहरुले उत्पादन गरेको ६ सय क्वीन्टल आलु खेतबारीमा कुहिन थालेको उनले बताए । ‘बाटोघाटो बन्द छ, ढुवानी गर्न नसकिदा किसानले उत्पादन गरेको कृषि उपज कुहिदा दुःख लाग्यो, कृषि शाखा प्रमुख बडूले भने ।’ १ सय क्विन्टल आलु खेतबाट निकालेको तथा ५ सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको पत्रकार सम्मेलनमा शाखा प्रमुख बडूले जानकारी दिए ।

‘नेपाल कृषि प्रधान देश हो भन्छन् जहाँ सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याइएको हुन्छ, न सडक छ, न त कोल्ड स्टोर नै, व्याँसका किसानले उत्पादन गरेको कृषि उपज दिनप्रति दिन खेतबारीमै कुहिदै गएको छ, कृषक एवम सहकारीका अध्यक्ष अकबर सिह धामीले भने ।’ सडक बन्द हुँदा किसानले उत्पादन गरेका कृषि उपज ढुवानी गर्न त पाएका छैनन्, कोल्ड स्टोर नहुँदा भण्डारण गर्न पनि पाएका छैनन् ।

सरकारले अन्य बिलासिताका वस्तुहरुमा ठुलो रकम खर्च गर्नु भन्दा कृषकका उत्पादन भण्डारण गर्न कोल्ड स्टोर जस्ता संरचनाहरुमा लगानी गर्न सके किसानलाई राहत हुने कृषक अगुवाहरु बताउँछन् । कृषि उत्पादनको बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषि उपज व्याँसमै कुहिन थालेको छ ।

सडक संचालनका बिषयमा दार्चुला टिंकर सडकले असार २५ गते नै स्थानिय सरकारहरुलाई आ आफ्नो क्षेत्राधिकार भित्रको सडक अवरुद्ध भए संचालनमा सहयोग गर्न भनि पत्राचार भईसकेको जनाएको छ ।
ठेक्का सम्झौता भई काम चलिरहेको ठाउँमा सडक अवरुद्ध भए सम्वन्धित ठेकेदार कम्पनिले र बाकी क्षेत्रमा स्थानिय सरकारको क्षेत्राधिकार भित्रको सडकमा स्थानिय सरकारले नै सडक संचालन गर्नु पर्ने दार्चुला टिंकर सडक आयोजनाले जनाएको छ ।

दुहुँ गाउँपालिका वडा नम्वर ३ को तिमुरपाटा क्षेत्र र ५ को गरमोरा क्षेत्रमा माथिबाट पहिरो खसी सडक अवरुद्ध भएको छ । त्यस्तै ब्याँस गाउँपालिकाको वडा नम्वर ६ तङलेभिरमा माथिबाटको पहिरोका कारण सडक अवरुद्ध रहेको छ । यि क्षेत्रको अवरुद्ध सडक संचालनमा आए ब्याँसमा उत्पादन भएको आलु सहजै सदरमुकाम खलंगा आउने छ ।