लागू औषध सहित कञ्चनपुरबाट एक युवक पक्राउ

लागू औषध सहित कञ्चनपुरबाट एक युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔधष सहित एक युवक पक्राउ परेका छन ।

भीमदत्त नगरपालिका–१८ का २८ वर्षीय हेमराज भट्टलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई गड्डाचौकीको ब्यारेल नजिकबाट फेनरागन ९ एम्पुल, रेक्सोजेसिक ११ एम्पुल, डाइजेपाम १ एम्पुल र ०।०६ ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।